काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारे । गृहमन्त्री लेखकले भने, “भिजिट भिसासम्बन्धी प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन, ममाथि लगाइएको आरोपप्रति खेद व्यक्त गर्न चाहन्छु ।”…