चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा विपक्षी दलको नेताको भूमिका पार्टी सभापति शेरबहादुर देउवाले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो नभएको बताए । वरिष्ठ नेता पौडेलले भने, “विचारले संसदमा जसरी आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो…