मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पदीय दुरुपयोग गर्नेलाई कारबाही : महानिरीक्षक खनाल

पदीय दुरुपयोग गर्नेलाई कारबाही : महानिरीक्षक खनाल


 नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारबाही गरिने बताएका छन् । 
 
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको आज उद्घाटन गर्दै उनले पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारबाही गरिने बताए । 
 
अहिले प्रहरीले नकारात्मक काम निरुत्साहित गर्न अभियान सञ्चालन गर्न लागेको खनालले बताए । उनले भने, “अभियानका लागि देशभरका ७४८ स्थानीय तहसँग सम्झौता भइसकेको छ, यसबाट ६० हजार विद्यार्थी लाभान्वित हुनेछन् ।” 
 
सो अवसरमा खनालले डाँफे र मुनाल सदनको उद्घाटन गरे । रु सात करोड ७३ लाख ९७ हजारमा भवन निर्माण गरिएको हो । 
 

शेयर गर्नुहोस:

0
Shares