लुम्बिनी । सहकारीको रकम अपचलन तथा ठगीलगायत मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा छाड्न अस्वीकार गरेको छ । रुपन्देही जिल्ला अदालतले लामिछानेको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै बैंक जमानत अस्वीकार गरेको हो । जिल्ला न्यायाधीश नारायण सापकोटाको इजलासले निवेदक लामिछानेको निवेदनमा गरिएको मागबमोजिम नहुने आदेश…