अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका…