काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको पहिचान, भाषा र संस्कृति संरक्षणका लागि प्रविधिको समावेशी, न्यायपूर्ण र सृजनात्मक प्रयोग अपरिहार्य रहेको बताएका छन् । एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर डबलीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आदिवासी जनजातिको मौलिक ज्ञान, मौखिक परम्परा, भाषा, सङ्गीत, लिपि, कला र सांस्कृतिक सम्पदालाई कृत्रिम…