काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार नाघेको आरोप लगाएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेर अख्तियारले क्षेत्राधिकार नाघेको आरोप लगाएका हुन् । नेता पाण्डेले नीतिगत निर्णयमा अख्तियारले हस्तक्षेप गर्न नपाउने भन्ने…