काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बद्नाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको बताएका छन् । महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उनका नाममा रु ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । त्यस विषयमा…