एक वर्षमा एकलाख महिलाको गर्भपतन, ११ प्रतिशत किशोरी गर्भवती

काठमाडौँ । सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढिरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।    महाशाखाका अनुसार देशभरका एक हजार ३०० सूचीकृत गर्भपतन सेवा केन्द्रबाट गत वर्ष करिब एक लाख महिलाले गर्भपतन गराएका थिए ।…