पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सहायक प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरतविक्रम बिसी, लेखापाल बद्रीप्रसाद पराजुलीललगायतले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न भएपश्चात् मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनका क्रममा घुस मागेको आरोप लागेको छ । उनीहरुले…