डोल्पा । डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बताएको छ । आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट भ्रष्टाचार न्यूनीकरण गर्ने पहिलो चरणको अन्तरक्रिया कार्यक्रम गर्न डोल्पा पुगेको टोलीले यस्तो बताएको हो । भौगोलिकरूपमा विकट डोल्पामा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा भ्रष्टाचार हुने गरेको पाइएको आयोगका सुर्खेत प्रमुख शेषनारायण…