मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे : मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन नआउने जानकारी दिएको बताएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले मेटा र एक्सले आफूहरूलाई हेपेको गुनासो गरे । "मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे," गुरुङले भने ।