मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित सात जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित सात जनाविरुद्ध मुद्दा दायर


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित सात जना र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

Advertisement
ADVERTISEMENT

अख्तियारले भट्टराईविरुद्ध ७९ लाख ८० हजार माग गरेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसँग ८ लाख, ग्रीनलाइन होलिडेज र उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्कासँग ३० लाख २० हजार, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवम् सञ्चालक दीपक भण्डारीसँग १० लाख ६० हजार, ग्रीनलाइन होलिडेजका तत्कालीन संस्थापक शेयर सदस्य एवम् सञ्चालक राम खड्कासँग ३० लाख २० हजार, कविता पौडलसँग ७९ लाख ८० हजार, खेमप्रसाद सुवेदीसँग ७९ लाख ८० हजार बिगो माग गरेको जनाएको छ ।

यस्तै, अख्तियारले तीर्थराज भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदीलाई १० करोड ३ लाख ८९ हजार ६०० बराबरको थप बिगो माग गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर गरेको छ ।

भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि उनी सहसचिव भट्टराई अनुसन्धानमा तानिएका थिए ।

शेयर गर्नुहोस:

108
Shares