काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको वुहान सहरका नेपालीलाई उद्धार गर्न सरकारलाई अनुरोधसहित कोरोना सङ्क्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल गरेका छन् । उनले आज वक्तव्यमार्फत कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति काँग्रेसका तर्फबाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा…