एकैदिन ३० संक्रमित बढेपछि चितवन प्रशासनले लकडाउन कडा पार्ने

चितवन । चितवनमा सोमबार अविश्वसनीय ढंगबाट कोरोना संक्रमित बढेपछि मंगलबारदेखि लकडाउन कडा बनाइने भएको छ । चितवनमा सोमबारमात्रै एकैदिन ३० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप कडाइ गर्न लागिएको हो ।   चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले मंगलबारदेखि थप कडा बनाइने बताए ।   उनले भने,…