बर्दिया घटनाबारे गठित छानबिन समितिद्वारा स्थलगत अध्ययन सुरू

काठमाडौँ । नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरू गरेको छ। समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली आज बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो। छानबिन समितिको सहयोगमा आज मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा…