मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न/प्रतीक र राष्ट्रिय जनावरको अपमान गरी बाँके क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनारले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको छानबिन गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै हिन्दू जागरण नेपालले समाज भड्काउने काम गरको भन्दै छानबिन गरी कानुनी कारबाहीको माग गरेको हो ।

Advertisement

सुनारले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै हिन्दू जागरण नेपालले सुनारको उम्मेदवारी खारेजीको माग गरेको हो ।

सुनारले राजनीतिक लाभका लागि आममानिसमा भ्रम फैल्याउने, सामाजिक सद्भावमा असर पुर्‍याउने तथा राष्ट्रको गरिमा कमजोर बनाउने काम गरेकाले त्यसको छानबिन गरिनुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ ।

यस्ता अभिव्यक्तिले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनका प्रक्रिया अघि बढाउन नकारात्मक प्रभाव पार्ने भएकाले समयमै यस्ता गतिविधि रोकिनुपर्ने हिन्दू जागरण नेपालको माग छ ।

छानबिन गरी प्रचलित कानुन र निर्वाचन आचारसंहिताअनुसार सुनारलाई कारबाही गर्न माग गरिएको छ ।

शेयर गर्नुहोस:

108
Shares