काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण शनिबार निधन भएको छ । यही वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार उनको निधन भएको नेपाल पत्रकार महासङ्घले…