काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते गर्ने गरी दुई चरणमा चुनाव घोषणा गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले मध्यरातमा बसेर संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी…