मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशमा वस्ने नेपालीलाई डलर खाता खोल्न सजिलो वनाइने

विदेशमा वस्ने नेपालीलाई डलर खाता खोल्न सजिलो वनाइने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – विदेशमा वस्ने नेपालीका लागि नेपालमा विदेशी मुद्रा (अमेरिकी डलर लगायत) मा बैंक खाता खोल्न सरल वनाउने तयारी गरिएको छ । 
 
राष्ट्र बैंकमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । 
 
नेपालमा अमेरिकी डलर लगायत विदेशी मुद्राको संचिति घटेको, लगानीका लागि पर्याप्त पैसा अभाव भएको वेला सरकारले यस्तो पहल शूरु गरेको हो । अहिले सम्म विदेशमा काम गर्ने नेपालीले कमाएर पठाएको रेमिट्यान्सले नेपालले आवश्यक विदेशी मुद्रा प्राप्त गर्दै आएको छ । 
 
अर्थमन्त्री शर्माले विदेशमा वस्ने नेपालीको पैसा नेपाल भित्राई लगानी गरी सदूपयोग गर्न सकिने पनि वताए । विदेशमा वस्ने नेपालीलाई त्यहांवाट पैसा ल्याउन सरल होस भनेर यसवारेमा छलफल भईरहेको अर्थमन्त्रीले वताएका छन् । 
 
नेपालमा अहिले डलर खाता खोल्न पाइन्छ । गैर आवासिय नेपालीले पनि बैंक खाता खोल्न पाउंछन् । तर यसमा विभिन्न झन्झट छन् । डलर खातामा ब्याज कम आउंछ । 
 
विदेशमा वस्ने नेपालीको पैसा नेपाल भित्राउन सहज र सजिलो वनाइने पहिलै देखीनै सरकारको नीति हो  । तर, यस अनुसार काम भने भएको छैन । 
 
भारतले सन् १९९० को शुरुमा विदेशी मुद्राको कमी हुदां विदेशमा वस्ने गैर आवासिय भारतीयलाई भारतमा सजिलै बैंक खाता खोल्न सक्ने बनाइएको थियो ।