कास्की । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपानेलाई कास्कीमा स्वागत तथा न्यानो आतिथ्यता प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष बिमला भण्डारीलगायत कार्यसमिति एवं पत्रकारहरुले अध्यक्ष न्यौपानेलाई आतिथ्यता प्रदान गरेका हुन् । भेटवार्ताका क्रममा प्रवासको पत्रकारिता एवं अमेरिकामा नेपाली मूलधारको मिडियामार्फत नेपालीहरुको सुखदुःखमा सहकार्य तथा नेपाली दूतावाससँगको समन्वयमा भएका गतिविधिबारे…