धौलागिरि हिमाल आरोही पूर्णिमालाई सम्मान

गण्डकी । धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार संघ, कास्कीले बुधबकार सम्मान गरेको छ । संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् ।    कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए ।  …