मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पल शाहलाई १२ दिन थुनामा राख्न आदेश

पल शाहलाई १२ दिन थुनामा राख्न आदेश


मौली । जबर्जस्ती करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा रहेका नायक पल शाहविरूद्ध १२ दिनको म्याद थप गरिएको छ । 
 
प्रहरीले शाहलाई आइतबार अदालत उपस्थित गराएकामा तनहुँ अदालतले १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि फागुन १५ गते शाहविरूद्ध सात दिनको म्याद थप गरिएको थियो । अनुसन्धान प्रक्रिया नसकिएकाले प्रहरीले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्ने बताएको छ । 
 
शाह प्रहरी हिरासतमा रहेदेखि नै शाहका पक्षमा जिल्ला प्रहरी कार्यालय अगाडि नाराजुलुस भएको थियो । काठमाडौँबाट आएका केही युट्युवरहरुले नारा लगाउँदै शाहका पक्षमा माहोल बनाएका थिए । गृह मन्त्रालय र प्रेस काउन्सिल नेपालले भ्रम फैलाएको भन्दै कारबाही गर्न सिफारिस गरेपछि भने उनीहरुले दमौली छाडेका थिए ।
 
सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको अभियोगमा पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाइ जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेका छन् । 
 
त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ । 
जाहेरीमा निज शाहविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारबाही गरी कानूनबमोजिम सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ । रासस