मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया

छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया


काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
 
केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले फागुन १६ गते सोमबार एक ८० वर्षीया महिलाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको र शुक्रबार डिस्चार्ज गरी घर पठाउन सफल भएको बताए ।
 
डा अधिकारीका अनुसार यस उपचार पद्दतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ ।
 
यसरी प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने र बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकोले जटिलताहरु न्यून हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ । यो पद्दतिबाट शल्यक्रियाको तुलनामा उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनहरुले देखाएका छन्।
 
साथै यस पद्दति विशेषगरी वृद्धवृद्धाका लागि मात्रै उपयोगी हुने डा अधिकारीले बताएका छन् । विशेषगरी वृद्धवृद्धामा विभिन्न प्रकारका जटिल रोग र शारीरिक दुर्वलतासमेत हुने भएकोले चिरेर शल्यक्रिया गर्दा बढी जोखिम हुने चिकित्सकहरू बताउँछन् ।शरीरका अंग चिर्दा जोखिम भएकाले वृद्ध-वृद्धामा यो पद्दति उपयोगी हुने बताइन्छ ।
 
संसारमै पिहलाे पटक सन् २००२ मा फ्रान्समा यस प्रविधिद्वारा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्दतिबाट नियमित रुपमा उपचार हुँदै आए पनि नेपालमा भने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पहिलो पटक सफल उपचार गरिएको अस्पतालले जनाएको छ । कान्तिपुरबाट