विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौँ । सरकारले रसुवा–भोटेकोशी बाढीसहित विभिन्न समयमा आउने विपद्का कारण प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रम घोषणा गरेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार बाढी तथा विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने कार्यक्रमको घोषणा गरेका हुन् । यो योजनाअन्तर्गत सरकारले बाढी प्रभावित विद्यार्थीलाई आवसीयसहित पूर्ण…