कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, बह्मदेवका २३ वर्षीय दिनेश नायक विसं २०८० असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेको दुई महिनापछि रुसी सेनामा भर्ति भएको जानकारी परिवारलाई गराएका थिए । बुबा कर्णसिंह नायकका अनुसार त्यतिबेला परिवारले दिनेशलाई सेनामा नजान सम्झाएका दिनेशले मानेका थिएनन् । “हामीले सेनामा नजाउ बरु घरमा आउँ भनेर सम्झाउँदा मानेनन्…