नेपाल

‘अर्नव’ चक्रवातको प्रभाव : काठमाडौँसहित देशभर भारी वर्षा हुने सम्भावना

‘अर्नव’ चक्रवातको प्रभाव : काठमाडौँसहित देशभर भारी वर्षा हुने सम्भावना


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ  ।   चक्रवात ‘अर्नव’को प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रवार र शनिवार भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बागमती प्रदेशका केही स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो र प्रतिकूल मौसमको जोखिमसमेत रहेको छ।

Advertisement

सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तथा खोलाको किनारमा नबस्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट जारी गरेको छ। अन्य विभिन्न क्षेत्रमा पनि अरेन्ज तथा पहेँलो सतर्कता अपनाउन आग्रह गरिएको छ।

पूर्वानुमानअनुसार शुक्रवार भारी वर्षा हुने र शनिवारदेखि क्रमशः कम हुँदै जाने तथा आइतवारदेखि मौसममा सुधार आउने सम्भावना छ। विपद्को जोखिमबाट बच्न आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्न र जोखिम देखिएमा सुरक्षित स्थानमा जान सम्बन्धित निकायले आग्रह गरेका छन्।