मेलमिलाप विवाद समाधानको उपयुक्त विधि हो : मुख्य न्यायाधीश कुँवर

काठमाडौं । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद समाधानको उपयुक्त विधि मेलमिलाप भएको बताएका छन् । उच्च अदालत बार एसोसिएसनले आयोजना गरेको ‘मेलमिलापसम्बन्धी आधारभूत तालिम’को आज समापन समारोहमा उनले दुवै पक्षको जीत हुने भएकाले विवाद समाधानमा मेलमिलाप उपयुक्त विधि भएको बताए । ‘अदालतबाट विवादमा फैसला हुँदा न्याय पाउनुपर्ने पक्षले न्याय पाएपनि सम्बन्ध सुमधुर…