काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताएकी छन् । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताइन् । “व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन । व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार हुनुहुँदैन…