रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा भएको जिप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । बिहीबार बिहान भएको जिप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट…