मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती : अर्थमन्त्री डा महत

दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती : अर्थमन्त्री डा महत

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले दिगो विकास लक्ष्य प्राप्त गर्न अल्पविकसित मुलुकका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा उनले राजस्व स्रोतको अभाव र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण अल्पविकसित मुलुकमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको बताएका छन् ।

स्रोत अभावका कारण स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको उनले बताए । अल्पविकसित र विकासोन्मुख मुलुकका लागि अनुदान र सहुलियतपूर्ण आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनका लागि पनि अर्थमन्त्री डा महतले उक्त सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ ।

जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा विश्वअर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि मङ्गलबारसम्म चल्नेछ । अर्थमन्त्री डा महत बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।