काठमाडौँ । सोलुखुम्बुमा मंगलबार दिउँसो भएको मनाङ एयरको कल साइन एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार छ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय…