जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । उन्नाइस वर्षमुनि (यू-१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको…