सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुङ्गो लगाउन सांसद्हरुको माग

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुङ्गो लगाउन सांसद्हरुले माग गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा प्रतिनिधिसभा बैठकमा पेस गरेर टुङ्गो लगाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र…