‘पत्रकारिताले आशा जगाउने गरी रचनात्मक र सृजनात्मक भूमिका खेल्न सक्नुपर्छ’

काठमाडौँ । प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिता क्षेत्रको प्रवर्द्धन र प्रभावकारिता वृद्धिका लागि खेल्नुपर्ने भूमिकाबारे विज्ञ तथा लेखकहरूसँग सुझाव लिएको छ । आज यहाँ भएको अन्तरक्रियामा वक्ताहरूले रचनात्मक पत्रकारिताको विकास तथा विस्तारका लागि काउन्सिलले देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्नुहुँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हरेक क्षेत्रमा नकारात्मक पक्ष हाबी…