नेपाल

केरा बगानमा कलिला दुई छोरीलाई हत्या गरी फरार आमा पक्राउ

केरा बगानमा कलिला दुई छोरीलाई हत्या गरी फरार आमा पक्राउ


शेयर गर्नुहोस:

2.6k
Shares

  • change font
  • change font

काठमाडौँ । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका वडा नं-७ मालतीटोलकी २१ वर्षीया अस्मिता पौडेल रहेकी छिन् ।

उनलाई प्रहरीले बुधबार बिहान विर्तामोड नगरपालिका वडा नं-५ पूर्वपश्चिम राजमार्गनजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

Advertisement

पौडेल भदौ १५ गते अपराह्न साढे ४ः०० बजेपछि फरार भएकी थिइन् । सोही दिन सुन्दरहरैँचा-७ को केरा बगानमा उनका दुई जना छोरी मृत अवस्थामा फेला परेका थिए । एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष सेवनपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो ।

कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ । श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन् ।

उनीहरू श्रीमान्-श्रीमतीबीच पटक-पटक घरायसी कुरामा विवाद हुने गरेको बुझिएको छ । पौडेललाई प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी कसुरमा पौडेलविरूद्ध जाहेरी दिएका छन् । पौडेललाई मोरङ जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।