नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

धनगढी । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरूलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेश सभाका सदस्यले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रदेश सभाको आज बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही…