मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

भोटेकोशी बाढीपीडितको उद्धारमा तदारूकता दिन सांसदहरूको माग

भोटेकोशी बाढीपीडितको उद्धारमा तदारूकता दिन सांसदहरूको माग


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भोटेकोशीमा आएको बाढीका कारण धेरै जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार, खोज, उद्धार, राहत र पुनःस्थापनाको माग गरेका छन् ।

बैठकको विशेष समयमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले भोटेकोशीमा आएको बाढीले अपुरणीय क्षेत्र भएको र ६ विदेशी नागरिकसहित १९ जना मानिस बेपत्ता भएकाप्रति दुःख व्यक्त गर्दै राहत र खोजी कार्यमा सरकारले अझै जोड दिनुपर्ने बताए ।

Advertisement

नेकपा (एमाले)का सुहाङ नेम्वाङले रसुवालगागयत अन्य ठाउँमा आएको बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएकाप्रति दुःख व्यक्त गर्दै यस विषयलाई गम्भीरतापर्वूक हेर्न सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (माओवादी केन्द्र)का नेता अमनलाल मोदीले रसुवामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै तत्काल उद्धार, राहत र क्षतिपूर्ति प्रदान गर्न माग गरे । उनले संसद् भनेको जनताप्रति उत्तरदायी हुनुपर्ने र सरकार संसद्प्रति जवाफदेही भएर सुन्नुपर्ने भनाइ राखे ।

नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले भोटेकोशीमा आएको बाढीका कारण घाइते भएका व्यक्तिको उपचार, उद्धार, राहत र पुनःस्थापनाको माग गरे । उनले जनताको सेवामा खटिएका प्रहरीका लागि आधारभूत शौचालय तथा बस्ने स्थान पानी चुइने भएको र अत्यन्तै न्यूनस्तरको कपडा दिने गरेको बताए ।

जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले भोटेकोशीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको र आकस्मिक प्राकृतिक प्रकोपका लागि तयार रहनुपर्नेप्रति सरकारको ध्यानाकर्षण गराइन्। जनमत पार्टीका अब्दुल खानले मुलुकको हित, विकास र समृद्धि गर्नुपर्ने सबैको दायित्व भए पनि बनाएका नीति, पार्टीका घोषणापत्र आफैँले कार्यान्वयन नगरेको बताए ।

जनता समाजवादी पार्टी नेपालका रेखा यादवले महोत्तरीमा सरकारी कार्यालयमा राति काम भइरहेको बेला सत्यतथ्य घटना बाहिर ल्याउन खोज्ने पत्रकार दिवाकर साहलाई कुटपीट गरेकोप्रति विरोध जनाइन् । साथै पत्रकार साहमाथि भएको अन्यायप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ७० प्रतिशतभन्दा बढी नेपाली कृषिमा लागेको भए पनि धेरै चामल विदेशबाट ल्याउने गरेको र सरकारमा गएका व्यक्तिले कृषिमा ध्यान नदिएको बताए ।

आम जनता पार्टीका नेता प्रभु साहले महोत्तरीको भौतिक पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि भएको आक्रममाथि विरोध गर्दै पत्रकार साहको सुरक्षाको माग गरे । स्वतन्त्र सांसद डा अमरेशकुमार सिहंले पत्रकार साहप्रति दुव्यर्वहार भएको भन्दै विरोध गरे ।

शेयर गर्नुहोस:

54
Shares