काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनसेवालाई छिटो छरितो बनाउन सरकार नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औँ जन्मोत्सवको अवसरमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले आयोजना गरेको ‘कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रम’मा उनले जतिसक्दो छिटो संस्कृति र पर्यटन नीति ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले…