काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै तीव्र प्रतिक्रिया दिएका छन्। सोमबार जेनजी समूहले गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।
बालेनले स्टाटसमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्,”
उनको यो अभिव्यक्तिले आन्दोलनपछिको राजनीतिक वातावरणमा थप तरंग ल्याएको छ।












प्रतिक्रिया