नेपाल

नेपालभरि भएको प्रदर्शनमा बालबालिकामाथि हिंसा: युनिसेफको गहिरो चिन्ता

नेपालभरि भएको प्रदर्शनमा बालबालिकामाथि हिंसा: युनिसेफको गहिरो चिन्ता


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौं – बालबालिकाको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले सोमबार नेपालभरि भएका प्रदर्शनमा बालबालिकामाथि हिंसा भएको भन्दै गहिरो चिन्ता जनाएको छ।

साझ बिहान एक विज्ञप्ति जारी गर्दै युनिसेफले भन्यो, “बालबालिकामाथि बल प्रयोग स्वीकार्य छैन र तत्काल रोकिनुपर्छ।”

Advertisement

युनिसेफले नेपाल संयुक्त राष्ट्रसंघ बालअधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको स्मरण गराउँदै, सो सन्धिअनुरूप बालबालिकालाई स्वतन्त्र रूपमा सङ्गठित हुने र शान्तिपूर्ण रूपमा भेला हुने अधिकार रहेको पनि उल्लेख गरेको छ।

साथै, एजेन्सीले भन्यो, “युनिसेफ नेपालका बालबालिकासँग छ र उनीहरूको सुरक्षा, सम्मान र अधिकारलाई प्राथमिकता दिन सबै पक्षलाई आग्रह गर्दछ।”

शेयर गर्नुहोस:

27
Shares