काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन्।
चर्को जनविरोध र सत्तारूढ दलभित्रैको दबाब थेग्न नसकेपछि सरकारले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबाट पछि हटेको हो। मन्त्री गुरुङका अनुसार, जेनजी पुस्ताको आन्दोलन रोक्न माग सम्बोधन गर्दै सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याइएको हो।
मन्त्रिपरिषद्को निर्णयसँगै सबै सामाजिक सञ्जाल सञ्चालनमा फर्किसकेका छन्। यसअघि गत भदौ १९ मा मन्त्रीस्तरीय निर्णयमार्फत सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कदम चालेको थियो।













प्रतिक्रिया