निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ परिवर्तनबारे छानबिन गर्न सभामुखलाई आग्रह

काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरे समक्ष आग्रह गरिएको जानकारी दिएका छन् । सिंहदरबार परिसरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति खतिवडाले भने, “विधेयकको दफा ८२ को (४) को व्यवस्थालाई पछिबाट (५) को (क)…