शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्नु हुँदैन : नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने बताए । उक्त घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै…