चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, “तपाईंहरुको कलम भ्रष्टाचारविरुद्धमा बमबार्ड हुन सक्नेगरी चलाउनुहोस् ।” अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उनले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताए…