सञ्चो नभएको जनाएपछि पूर्वगृहमन्त्री खाणको बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उनीसँगको बयान आजका लागि रोकेको छ । खाणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन सुरु गरेको छ । जिल्ला…