मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

पत्रकार महासंघ झापाले स्थापना दिवस मनायो

पत्रकार महासंघ झापाले स्थापना दिवस मनायो

बराल सम्मानित


विर्तामोड , झापा- नेपाल पत्रकार महासंघ झापाले आफ्नो ३५ औं स्थापना दिवस भब्यरूपमा मनायो । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका संस्थापकहरुलाई सम्मान गरिएको थियो ।

सम्मान प्राप्त गर्नेहरूमा महासंघका संस्थापक एवं पुर्व अध्यक्ष तारा बराल तथा संस्थापक सदस्यहरु गोविन्दचन्द्र क्षेत्री र मोहन ढुंगाना थिए । बराल हाल अमेरिका र नेपालबाट प्रकाशित हुने हिमालयखबर अनलाइनका सल्लाहकार सम्पादक छन् ।

उक्त अवसरमा प्रमुख अतिथि इन्दिरा राना मगरले पत्रकारहरु सदैव आफ्नो हिमायती रहेको बताउँदै झापाली पत्रकाहरुको प्रसंशा गरिन् । सम्मानित पत्रकार तारा बरालले पत्रकार महासंघ स्थापनाको पुराना संघर्षका दिनहरू स्मरण गर्दै झापा नेपाली पत्रकारिताको उर्बर भूमि रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा स्थानीय उदारमनका विभिन्न दाताहरुबाट पत्रकार उपचार कोषको लागि एघारलाख रकम हस्तान्तरण गरिएको थियो ।

उपचार कोषको लक्ष्य एक करोड रहेको र लक्ष्यको अत्यन्त नजिक रहेको पनि अध्यक्ष गिरीले बताए । कार्यक्रममा दाताहरुको बाक्लो उपस्थिति प्रसंशनीय एवं उदारणीय थियो । सम्पुर्ण उपस्थितजनबाट सामुहिक दीप प्रज्वलन सहित महासंघ स्थापना दिवसको उत्सव मनाइएको थियो ।