मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजनीतिक उपलब्धि रक्षा गर्न सबै पार्टी एकजुट हुनुपर्छ : अध्यक्ष ओली

राजनीतिक उपलब्धि रक्षा गर्न सबै पार्टी एकजुट हुनुपर्छ : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्यका साथ अघि बढिरहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश कमिटीका पदाधिकारीको राष्ट्रिय भेलामा बिहीबार उनले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको गन्तव्यका अगाडि बढिरहेको बताए ।

अध्यक्ष ओलीले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको बताए ।

अध्यक्ष ओलीले देशको भूमि रक्षा, राष्ट्रियता, स्वाधीनताको तथा राजनीतिक उपलब्धिको रक्षा अहिले राज्यको मुख्य कार्यभार रहेकाले त्यसका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताए । उनले एमालेले उद्देश्यमूलक र गन्तव्यसहितको राजनीति गरिरहेकाले नेतृत्व निर्माण तथा कामको जिम्मेवारी बाडफाँटका क्रममा तछाडमछाड नगरी योग्यता, क्षमताका आधारमा जिम्मेवारी लिने दिने संस्कार बसाल्नुपर्नेमा जोड दिए ।

देश तथा राष्ट्रियताको रक्षा, सुरक्षित र समृद्ध नेपाल निर्माणको योजना कार्यान्वयनका लागि सरकारमा पुग्न ‘मिसन–२०८४’अभियान सञ्चालन गरिएको अध्यक्ष ओलीको भनाइ थियो ।

मिसन–२०८४ प्रदेश कमिटीको कामबाट सफलता मिल्ने भन्दै उनले प्रदेशअन्तर्गतका वैचारिक, साङ्गठानिक सबै काममा सफल नेतृत्व दिन प्रदेश पदाधिकारीलाई आग्रह गरे ।

भेलामा महासचिव शङ्कर पोखरेलले मिसन ग्रासरुटको सुझावका आधारमा पार्टीलाई वार्षिक कार्ययोजना बनाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास भइरहेको बताए । उनले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरिएको समृद्धिका लागि सङ्कल्प यात्राले पार्टीलाई एकताबद्ध बनाउँदै पार्टीलाई जनतामा स्थापित गर्ने काम गरेको बताए । भेलामा प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको सहभागिता थियो ।