पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

काठमाडौँ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन् । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने सीता दाहालले आज भौतिक संसार छाडेकी छन् ।…