काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दैै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघि बढ्ने योजनामा आफू रहेको बताएका छन् । नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औँ वार्षिक साधारण सभाको शुक्रबारउद्घाटन गर्दै अर्थमन्त्रीले अर्थतन्त्रलाई थप शिथिल हुनबाट जोगाउन वर्तमान सरकार लागिपरेको बताए ।…