मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पन्तलाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा. डा. भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो ।

Advertisement

योग्यताक्रमको आधारमा पन्तलाई उपकुलपतिमा नियुक्त गरिएको  प्रधानमन्त्री कार्यालयले जनाएको छ । पन्त पुल्चोक इन्जिनियरिङ क्याम्पसको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख हुन् ।

शेयर गर्नुहोस:

162
Shares