रत्ननगर । चितवनमा पोलियोविरूद्धको आइपिभी खोप अभियान–२०८१ सुरू भएको छ । रत्ननगर–२ मा रहेको नेपाल नमुना मावि खोपकेन्द्रका स्वास्थ्यकर्मीलाई भ्याक्सिन बक्स हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारीले खोप अभियान सुरूवात गरेका हुन् । सो अवसरमा अध्यक्ष अधिकारीले आइपिभी खोप लगाउन कोही पनि नछुट्ने गरी अभियान सफल पार्न…